Logo
६ आश्विन २०८१, आईतबार
(August 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियता र स्वाधीनताको पक्षमा जनयुद्ध जसरी लडेको छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधीनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन् । मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँड्न खोजिएको उल्लेख गर्दै निराशा बाँडेर सामन्तवाद ब्युँताउन जाखिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु । लडाइँको रुप फेरिएको छ तर लडाइँ जारी छ । त्यसमा विश्वस्त रहन सबैमा म अपिल गर्न चाहन्छु ।’

प्रधानमन्त्री प्रचण्डले आफूहरु जटिल परिस्थितिमा पनि देशको राष्ट्रिय हित, सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको सुनिश्चित कसरी गर्ने भन्नेमा लागेको बताए ।

धेरै अप्ठ्याराहरुको सामना गरिरहेको उल्लेख गर्दै उनले सबैभन्दा ठूलो राष्ट्र, जनता, समाजवाद, सुशासन, सामाजिक न्याय र समृद्धि भएको बताए ।

उनले अहिले पनि पूँजीपतिहरुले वर्तमान गणतन्त्रलाई फाँसीवादी, दलालहरुको गणतन्त्र वा गणतन्त्र नै उल्टाएर सामन्ती तत्त्वहरूसँग सम्झौता गर्न चाहिरहेको बताए ।

उनले आफूहरु जनगणतन्त्रबाट माथि उठाएर समाजवादी गणतन्त्रमा रुपान्तरित गर्न चाहेको बताए । दुई पक्षबीचको लडाइँ यही भएको बताउँदै यसमा आफूहरुले विशाल शक्ति सञ्चय गर्नुपर्ने बताए । त्यसका लागि मित्रहरुका साथै मोर्चामा इमानदारीपूर्वक लाग्नुपर्ने बताए ।

अहिले मोर्चा घोषणाले मात्र नपुग्ने बरु प्रतिक्रियावादी अझै षडयन्त्र गरेर जान्छन् भने यिनै नेताहरु लाखौँ जनताको सडकमा नेतृत्व गरेर ती सबै शक्तिहरुलाई परास्त गर्न सक्ने उनको भनाई थियो ।

उनले जनतालाई समाजवादको प्रशिक्षण दिँदै आन्दोलित गराउनुपर्ने बताए । त्यसको लागि उनले नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए ।

प्रकाशित मिति: Aug 29, 2023

प्रतिक्रिया दिनुहोस्