Logo
६ आश्विन २०८१, आईतबार
(August 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई उपनिवेश बनाउन अमेरिका एमसीसीका नाममा आउँदैछ : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिका नेपाललाई उपनिवेश बनाउन एमसीसीका नाममा गिद्धको रुपमा नेपाल आउन लागेको टिप्पणी गरेका छन् ।

मंगलबार रुपन्देहीको बुटवलमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले समाजवादी मोर्चाको लक्ष्य भ्रष्टाचार, कुशासन र विदेशी साम्राज्यवादका विरुद्ध लड्दै मुलुकलाई समाजवादतर्फ लैजाने गठन गरिएको बताए ।

उनले अमेरिकाले एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने गम्भीर षड्यन्त्र गरेकाले एमसीसीविरुद्ध लड्ने घोषणा समेत गरे । ‘यहाँ भोलि गिद्धहरु ओर्लदैछन् । अमेरिका एमसीसीका नाममा सहयोग गर्न आउँछ भने स्वागत छ । ५ अरब होइन ५० खरब पनि लिन्छौ तर उपनिवेश बनाउने उद्देश्यका साथ, नेपालका नियम कानुन मिच्दै आउँछ भने हामी त्यसको विरोध गछौँ, लड्छौ’, चन्दको भनाइ छ ।

उनले एमसीसी र वीआरआइले निस्वार्थ सहयोग गर्दा कुनै आपत्ति नहुने भन्दै त्यस्तो सहयोगमा सहकार्य गर्न तयार रहेको बताए । ‘तर सहयोगका नाममा नेपालको स्रोत साधनको दोहन र अपहरण गर्न पाउँदैनौँ’, उनले भने, ‘अमेरिकाले एमसीसीबारे सरकारले पठाएको १२ बुँदे व्याख्यात्मक टिप्पणीको पनि अहिलेसम्म वास्ता गरेको छैन ।’

महासचिव विप्लवले साम्राज्यवादविरुद्ध देशको स्वाधीनता चुक्न नदिने भन्दै सरकारले अहिले गरिरहेका राम्रा कामको पनि अनेकौँ हल्ला चलाएर राष्ट्रवादी आन्दोलन र कम्युनिष्टहरुलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताए ।

प्रकाशित मिति: Aug 29, 2023

प्रतिक्रिया दिनुहोस्