Logo
६ आश्विन २०८१, आईतबार
(August 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललिता निवासमा चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर

बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात कीर्ते गरी व्यक्तिको नाममा पुर्‍याएको भन्दै चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाह छन् । उक्त मुद्दामा १८ अर्बमाथि बिगो दाबी गरिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको कीर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ ।

उनीहरूमाथि कीर्तेको अभियोग भने छैन, तर कीर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

सीआईबीले सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान गरेपनि सरकरी वकिल कार्यालयले सरकरी कीर्तेमा मात्र मुद्दा दायर गरेको हो ।

सरकारी वकिल कार्यालयले घटनापछि आएको कानून भएकाले संगठित अपराध आकर्षित नभएको जनाएको छ । अनुसन्धानका क्रममा पक्राउ गरिएका निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाहविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ । ८ जना सरकारी वकिलले अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोग पत्र तयार गरेका हुन् ।

प्रकाशित मिति: Aug 27, 2023

प्रतिक्रिया दिनुहोस्