Logo
६ आश्विन २०८१, आईतबार
(August 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्योग समितिको सभापतिमा रास्वपाले पराजुलीलाई उम्मेदवार बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने भएको छ ।

रास्वपा सांसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उद्योग समितिको सभापतिमा पराजुलीलाई उम्मेदवार बनाउने रातोपाटीलाई बताए । संघीय संसदको दुई संयुक्त र १० वटा विषयगत समिति मध्ये रास्वपाले उद्योग समितिको सभापतिमा मात्र उम्मेदवारी दिने छ ।

उनले भने ,‘हामीले तीन जना सदस्य रहेको समिति सभापतिमा उम्मेदवार दिने छौं । उद्योग समितिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउँछौ ।’

समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रचिपक्षीले भागबन्डामा रास्वपा र राप्रपा समेटिएको छैन । उद्योग समितिमा जनमत पाटीले अब्दुल खानलाई अगाडि सारेको छ ।

सत्ता र प्रतिपक्षको समर्थनमा उम्मेदवार बनेका खानसँग रास्वपाका पराजुलीले प्रतिस्पर्धा गर्ने छन् । संसदीय समिति सभापतिहरुका लागि आज मनोनयनको समय तोकिएको छ ।

प्रकाशित मिति: Aug 27, 2023

प्रतिक्रिया दिनुहोस्