Logo
६ आश्विन २०८१, आईतबार
(August 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुल्कवृद्धिको विरोधमा समाजवादी विद्यार्थी संगठनले थाल्यो आमरण अनसन

समाजवादी मोर्चा निकट विद्यार्थी सङ्गठनहरूले आमरण अनसन सुरु गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि खारेज नगरेको भन्दै विद्यार्थीहरूले आमरण अनसन सुरु गरेका हुन् ।

अखिल (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका विद्यार्थी संगठनहरूले आमरण अनसन थालेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए । संस्थानले शुल्कवृद्धिको निर्णय फिर्ता नलिएसम्म आमरण अनसन जारी रहने उनको भनाई छ ।

संस्थानको शुल्क कार्यान्वयन समितिको साउन २५ को निर्णय अनुसार शुल्क बढाएर ७ लाख ७५ हजार पुर्‍याएको थियो । वृद्धि गरेको शुल्क खारेजीको माग राख्दै समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरूले विभिन्न चरणमा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । सोही अनुसार आजदेखि आमरण अनसन थालिएको उनको भनाई छ ।

उनीहरूले भदौ ७ गते पत्रकार सम्मेलन गर्दै वृद्धि गरेको शुल्क खारेज गर्न २४ घन्टे अल्टिमेटम दिएको थियो । तर, संस्थान गम्भीर बन्नुको सट्टा आन्दोलन र मागलाई बेवास्ता गर्दै आएको उनीहरूको ठहर छ ।

उता, नेविसंघ पुल्चोक क्याम्पसका इकाई सभापति सुलभ चापागाईं भदौ ४ गतेदेखि आमरण अनसनमा बस्दै आएका छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

संस्थानले बजेटको अभावमा इन्जिनियरिङ कलेजहरू सञ्चालन गर्न गाह्रो भएको भन्दै शुल्क बढाउने निर्णय गरेको बताएको छ । शनिवार अबेर राति विज्ञप्ति जारी गर्दै संस्थानले सरकारले उपलब्ध गराउने बजेट कटौती गरेको र पुरानै शुल्क पढाउन सकिने अवस्था नरहेको बताएको थियो ।

प्रकाशित मिति: Aug 27, 2023

प्रतिक्रिया दिनुहोस्