Logo
६ आश्विन २०८१, आईतबार
(August 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार र तस्करीमा संलग्न भएकाहरूले सरकारमाथि आक्रमण गर्न खोजे : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र तस्करीमा संलग्न भएकाहरूले सरकारमाथि आक्रमण गर्न खोजेको बताएको छन् ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका छन् ।

उनले भ्रष्टाचार, तस्करीको अन्त्य नगरीसम्म समृद्धिको सपना पूरा नहुने भएकाले सुशासनको अभियान चलाएको पनि बताएका छन् ।

युवाहरूमा अहिले अब देश बन्छ भन्ने आशा पलाएको पनि उनको दाबी छ ।

उनले भने, ‘अहिले भ्रष्टाचार, तस्करी र कमीसनखोरीमा संलग्नभएकाहरु आतङ्कित भएका छन् । तीनको रक्षा गर्न खोज्नेहरू सरकारलाई आक्रमण गर्न खोज्दैछन् । प्रधानमन्त्रीको नेतृत्वमा गृह मन्त्रालयले थालेको कामलाई असफल बनाउनको लागि आक्रमण गर्न खनिएका छन् ।’

देशलाई समृद्ध बनाएपछि मात्रै पार्टीको औचित्य पूरा हुने भएकाले अहिले सरकारले थालेको अभियानबाट आफूहरू पछि नहट्ने बताए । जतिसुकै आक्रमणको प्रयास भएपनि जनताको समर्थनलाई अगाडि राखेर अघि बढेपछि आफूहरू सफल हुने बताए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकार, आफ्नो गृहमन्त्री पदको निरन्तरता र भ्रष्टाचारी, तस्करी र कमिसनखोरीको निरन्तरता साथसाथै जान नसक्ने बताए ।

प्रकाशित मिति: Aug 25, 2023

प्रतिक्रिया दिनुहोस्