Logo
६ आश्विन २०८१, आईतबार
(August 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापान-नेपाल सम्वन्ध आर्थिक र व्यापारिक दृष्टिकोणले ऐतिहासिक : चेम्बर

नेपाल चेम्बर अफ कमर्सले नेपाल–जापान बीचको कूटनीतिक र आर्थिक सम्वन्ध ऐतिहासिक रहेको जनाएको छ।

नेपाल भ्रमणमा रहेका जापानी सांसदहरु काजुहिरो कोवायासी र नागाई मनावुको सम्मानमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल–जापान बीचको कूटनीतिक र आर्थिक सम्वन्ध ऐतिहासिक रहेको बताएका हुन् ।

अध्यक्ष मल्लले नेपालमा लगानीका लागि पहल गर्न जापानी सासंदहरुसँग आग्रहसमेत गरे। दुई मुलकबीचको कूटनीतिक सम्बन्ध ७० वर्ष पुग्न लागेको भन्दै उनले लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक रहेको बताए ।

मल्लले नेपालको जलविद्युत, पूर्वाधार क्षेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन सांसदहरुसँग आग्रह गरे। कृषिमा प्रविधि हस्तान्तरण हुन सके नेपालले लाभ प्राप्त गर्न सक्ने अध्यक्ष मल्लको भनाइ छ।

जापानमा १ लाख ३९ हजार हाराहारीमा नेपालीहरु रहेको भन्दै अध्यक्ष मल्लले नागरिकस्तरमा पनि दुई मुलुकबीचको सम्वन्ध निकै उत्कृष्ट रहेको उल्लेख गरे।

प्रकाशित मिति: Aug 24, 2023

प्रतिक्रिया दिनुहोस्