Logo
६ आश्विन २०८१, आईतबार
(August 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आठ महिनापछि संसदीय समितिले पाउने भए सभापति, भदौ ११ गते निर्वाचन

प्रतिनिधिसभा सञ्चालन हुन थालेको झन्डै ८ महिनापछि यसअन्तर्गत रहेका संसदीय समितिले नेतृत्व पाउने भएको छ । सभामुख देवराज घिमिरेले बिहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि तय गरेको सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिएका छन् ।

संसद बैठक बस्न थालेको ५ महिनामा संसदीय समिति गठन भएपनि सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गरिँदै आइएको थियो ।

प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति रहेका छन् ।

समितिहरुमा सभापति चयन प्रक्रियामा ढिलाई हुँदा विधेयकमाथिको छलफल लगायतका विषय प्रभावकारी हुन सकेको थिएन ।

प्रकाशित मिति: Aug 24, 2023

प्रतिक्रिया दिनुहोस्