Logo
६ आश्विन २०८१, आईतबार
(August 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारामा भएको बस दुर्घटनामा ६ भारतीय र एक नेपालीको सनाखत, घाइतेहरुको यी अस्पतालमा हुँदैछ उपाचार

बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटनामा परी मृत्यु भएका ७ जनाको सनाखत भएको छ।

दुर्घटनामा भारतको राजस्थान बस्ने ६७ वर्षका बहादुर सिंह, ६० वर्षकी सत्यवती, ७० वर्षका राजेन्द्र चतुर्वेदी, वर्ष ६५ की श्रीकान्त चतुर्वेदी, ६७ वर्षकी बैजन्ती देवी र वर्ष ६५ की मिरा देवीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको थियो ।

चालकसहित २७ यात्रु सवार उक्त बस गएराति चुरियामाई मन्दिर नजिकैबाट करिब १०० मिटर दक्षिणतर्फको खोलामा खसेको थियो।

बसमा सवार २६ जनामध्ये दुर्घटनामा परी १७ जना घाइते भएका छन्। उनीहरुमध्ये १५ जनाको हेटौंडा अस्पताल, १ जनाको चुरेहिल अस्पताल, १ जनाको सहकारी अस्पताल र १ जनाको चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भारत राजस्थान बस्ने ४८ बर्षीय घनश्याम चतुरबेदीको (खुट्टा र शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम) हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको छ।

यस्तै,धनुषा मौवा गाउँपालिका १८ जनकपुर बस्ने ४१ बर्षका घुरन मण्डल (बाया घुडा र कम्मरमा चोट अवस्था मध्यम), महोत्तरी लोहारपति नगरपालिका ५ बस्ने २६ बर्षीय जसबेन्दर पासवान (ढाड–दाहिने हातमा चोट मध्यम) को हेटौंडा अस्पतालमा सामान्य उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

यस्तै, भारत राजस्थान बस्ने ५३ बर्षकी माया देबी र सोही स्थानको ३५ बर्षका अनिल कुमार, ५० बर्षका तारा वती चतुरबेदी, निजकै नातिनि ९ बर्षकी क्रितिका चतुरबेदी, ४८ बर्षका श्याम लाल माली, बर्ष ४७ का हरवारी माली, ७० बर्षीय चौथी देबीको हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Aug 24, 2023

प्रतिक्रिया दिनुहोस्