Logo
६ आश्विन २०८१, आईतबार
(August 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले र राप्रपाले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक स्थगित

कोशी प्रदेशसभाको आजको बैठक एमाले र राप्रपाको बहिष्कारका कारण स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए ।

त्यसक्रममा प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधान विपरीत विश्वासको दिएको भन्दै विरोध जनाएका थिए । उनले सभाध्यक्षले अरु पनि गैर संवैधानिक कार्य गर्न सक्ने देखिएको भन्दै नाराबाजी सुरु गरेका थिए ।

त्यसपछि एमाले र राप्रपाका सबै सांसदहरू बैठक छोडेर हिँडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो ।

आजको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रस्ताव टेबल गर्ने कार्यसूची थियो ।

प्रकाशित मिति: Aug 23, 2023

प्रतिक्रिया दिनुहोस्