Logo
६ आश्विन २०८१, आईतबार
(August 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धादिङको गजुरी बजारनजिकै त्रिशुलीमा बस खस्यो

धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको छ । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।

यतिबेला इलका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सन्तु जैसवारका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११ः १० बजे दुर्घटनामा परेको हो ।

गजुरी गाउँपालिका वडा नम्बर २ चालिसे मा पर्ने छहरा झरना नजिकै दुर्घटनामा परेको उनकाे भनाइ छ । दुर्घटनामा परेको बसमा कति यात्रु थियो भन्ने खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति: Aug 23, 2023

प्रतिक्रिया दिनुहोस्