Logo
६ आश्विन २०८१, आईतबार
(August 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले नै सुनको धन्दा गर्छ भन्ने प्रस्ट भयो : शङ्कर पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुनको धन्दा सरकारले नै गर्छ भन्ने कुरा प्रस्ट भएको बताएका छन् । आज बिहान वीरेन्द्रनगरमा पत्रकारसँग ‘कफी र कुरा’अन्तरक्रिया‌ कार्यक्रममा सरकारकै डिजाइनमा सुनको धन्दा चलेको आरोप लगाए ।

उनले भने अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ? ललिता निवासको‌ अनुसन्धान हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने ? यी सबै काम सरकारकै डिजाइनमा भएकोले एमालेले संसद् अवरुद्ध गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि बढेको पोखरेलले बताए । यस प्रकरणमा पनि निष्पक्ष छानबिन हुन नसकेको उनको आरोप छ ।

ललिता निवास प्रकरणको घरमा मुछिएकाहरूलाई घर घरमा गएर अनुसन्धान तथा बयान लिएकोमा पनि उनले सीआइबीको आलोचना गरे । सरकारले सुशासनको गफ हाँके पनि निष्पक्ष रूपमा काम गर्न नसकेको उनको भनाइ थियो ।

प्रकाशित मिति: Aug 23, 2023

प्रतिक्रिया दिनुहोस्