Logo
६ आश्विन २०८१, आईतबार
(August 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिमलाई चीन र भारत एकै ठाउँ उभिने चिन्ता छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पश्चिमा शक्ति राष्ट्रहरूलाई कुनै दिन चीन र भारत एकै ठाउँ उभिने चिन्ता भएकाले भारतसँग मिलेर चीनविरुद्ध उकास्ने काम गरिरहेको बताएका छन् ।

मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पेश गरेको प्रतिवेदनमा भूराजनीतिक परिस्थितिबारेको व्याख्यामा पश्चिमले चीनको उदयका कारणले भारतसँग सम्बन्ध राम्रो बनाउने र चीनविरुद्ध उकास्ने काम गरिरहेको उल्लेख छ ।

‘चीनको उदयका कारणले भारतसँग सम्बन्ध राम्रो बनाउने र चीनका विरुद्ध उकास्ने काम पश्चिमले गर्दैछ । त्यस्तै पश्चिमसँग चीनको अन्तरविरोध चर्किँदा भारत बढी सुरक्षित हुनेछ’, अध्यक्ष नेपालले भनेका छन्, ‘दुवै एशियाली र प्राचीनतम सांस्कृतिक परम्परा भएका चीन र भारत कुनै दिन एक ठाउँमा उभिन सक्छन् भन्ने चिन्ताले पश्चिमको रणनीति प्रभावित भइरहनेछ ।’

 

प्रकाशित मिति: Aug 22, 2023

प्रतिक्रिया दिनुहोस्