Logo
१२ मंसिर २०८१, बुधबार
(August 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नैतिकता र मूल्यको राजनीतिमा डरलाग्दो विघटन देखियो : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नैतिकता र मूल्यको राजनीतिमा डर लाग्दो विघटन देखिएको बताएका छन् । काठमाडौँको प्रज्ञाभवनमा स्कुलअफ डेमोक्रेशीद्वारा प्रदीप गिरिको स्मृतिमा सोमबार आयोजित ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषय कार्यक्रम उनले यस्तो बताएका हुन् ।

‘आदर्श, नैतिकता र मूल्यको राजनीतिको डर लाग्दो विघटन देखिएको छ । चिन्तक नेता नहुँदा त्यो चिन्तन कार्यान्वयन नहुने र प्रायः चिन्तकहरु स्वाभिमानी हुने यस्तो लफडामा बढ्न नचाहने पनि देखियो,’ उनले भने । वैद्धिकताको खडेरी परेको बेला स्वर्गीय प्रदीप गिरिका विचारहरुले सन्दर्भ र मार्गदर्शनको काम गर्ने ज्ञवालीले बताए ।

गिरिका विचारका लिगेसीहरुलाई परिभाषित गरेर आजको राजनीतिसँग जोड्न सक्यौँ भने उनीप्रति साँचो सम्मान गरेको ठहरिने उनको भनाइ छ ।

उनले भने, ‘लोकतन्त्रका लागि सम्झौताहीन र अभिश्रम योद्धा हुनुहुन्थ्यो । लोकतन्त्र संकटमा पर्दा स्थापित भनिएका मान्छे आस्थाबाट डगमगाउँदा रहेछन् । हामीले नेपाली कांग्रेसका कयौं भने डगमगाएको देखौं । नेपाली कम्युनिस्ट आन्दोलनका थुप्रै नेता देखौं । तर, प्रदीप गिरिले लोकतन्त्रप्रतिको निष्ठालाई डगमगाउन दिनु भएन ।’

प्रकाशित मिति: Aug 21, 2023

प्रतिक्रिया दिनुहोस्