Logo
६ आश्विन २०८१, आईतबार
(August 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन तस्करीको अनुसन्धान सीआईबीले नै निष्कर्षमा पुर्‍याउने गृहमन्त्रीको प्रष्टीकरण

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै निष्कर्षमा पुर्‍याउने प्रष्टीकरण दिएका छन् ।

सिंहदरवारमा प्रधानमन्त्री(शीर्ष नेताको बैठकपछि बाहिरिने क्रममा उनले सदन सुचारु गर्ने विषयमा भोलिसम्म निष्कर्षमा पुगेर पर्सिसम्म निकास निस्किने विश्वास जनाए ।

उनले सङ्गठित अपराधअन्तर्गत मुद्दा अभियोजनको सीमा ६० दिन भएकाले अझै केही दिन बाँकी भएको बताएका छन् ।

‘सीआईबीले निष्कर्षमा पुर्‍याउँछ । समग्रतामा यसप्रकारको घटना नदोहोरियोस् भनेर विमानस्थल, भन्सारमा के(कस्तो प्रबन्ध गर्ने हो सबै बसेर साझा निष्कर्षमा पुग्न सकियोस् । कुनै कन्फ्युजन नहोस् सीआईबीले नै टुङ्ग्याउँछ’, श्रेष्ठले भने ।

प्रकाशित मिति: Aug 20, 2023

प्रतिक्रिया दिनुहोस्