Logo
६ माघ २०८१, आईतबार
(August 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६० किलो सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिक पक्राउ

हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । पक्राउ पर्नेमा याओ पुचेङ्ग र ली वेन सुङ्ग छन् ।

साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पति हुन् । उनिहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गरेका छन् ।

डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने काममा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ ।

सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मुलका बेल्जियन नागरिक दावा छिरिङसहित २१ जना यसअघि पक्राउ परेका थिए । गएराति पक्राउ परेका दुईजनासहित पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

प्रकाशित मिति: Aug 18, 2023

प्रतिक्रिया दिनुहोस्