Logo
७ आश्विन २०८१, सोमबार
(August 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बिक्री खुला

मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो ।

यस कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ । यसमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।

प्रकाशित मिति: Aug 13, 2023

प्रतिक्रिया दिनुहोस्