Logo
७ आश्विन २०८१, सोमबार
(August 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सदन अवरोध भएको समयको सेवा सुविधा नलिने रास्वपाको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदहरुले सदन अवरोध भएको समयको कुनैपनि सेवा सुविधा नलिने भएका छन् ।

रास्वपा अध्यक्ष समेत रहेका संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने लिति जानकारी गराएका हुन् ।

साथै रास्वपाले संसद् बैठक नियमित चलाउन सभामुखलाई पहलकदमी गर्न पनि आग्रह गरेको छ । गत साउन १० यता लगातार संसद बैठक अवरुद्ध हुदै आएको छ ।

तस्करीको झण्डै एक क्विन्टल सुनबारे उच्चस्तरीय छानविन आयोग गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति: Aug 11, 2023

प्रतिक्रिया दिनुहोस्