Logo
७ आश्विन २०८१, सोमबार
(August 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन काण्डमा महरा दोषी प्रमाणित भए सरकारले कारबाही गर्छ : माओवादी प्रवक्ता

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउने बताएका छन् ।

प्रवक्ता भएपछि पार्टी कार्यालय पेरिसडाँडामा बुधवार पहिलोपटक प्रेसमिट गर्दै उनले दोषी प्रमाणित भए कसैलाई पनि नछाड्ने स्पष्ट पारेका हुन् ।

‘महराको विषयमा बहिर मिडियामा पनि धेरै समाचार आएका छन् । सुन प्रकरणमा आफूमाथि पनि सरकारले छानबिन गरोस् म सघाउन तयार छु भनेर बाहिर मिडिया र केन्द्रीय समिति बैठकमा पनि भनिसक्नुभएको छ । यदि तथ्य र प्रमाणले पुष्टि भए उहाँमाथि पनि छानबिन हुन्छ’,उनले भने ।

सुन प्रकरण लगायत विभिन्न काण्डको छानबिनलाई प्रधानमन्त्रीले निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएकाले सबैले सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै उनले संसदमा एमालेको अवरोध बार्गेनिङका लागि भएको आरोप लगाउँदै उनले सुन प्रकरणमा राज्यका आधिकारिक निकायले छानबिन गरिरहेकाले छुट्टै छानबिन समिति आवश्यक नभएको जिकिर गरे ।

प्रकाशित मिति: Aug 9, 2023

प्रतिक्रिया दिनुहोस्