Logo
७ आश्विन २०८१, सोमबार
(August 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संखुवासभाको कारागारमा कैदीबन्दीबीच झडप, दुईको मृत्यु

जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणी मुद्दा खेपिरहेका विनोद तोलांगीको मृत्यु भएको हो।

झडप हुँदा घाइते भएका उनीहरूको जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

‘कारागारबाट भागेका दुवै जनालाई प्रहरीले पक्राउ गरेर फेरि जेलमै राखेको थियो । पछि फेरि विवाद हुँदा झडप भएको रहेछ । बिहान थाहा भएपछि घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो,’ अधिकारी भने ।

उनले कारागारभित्र कैदीबन्दीबीच भएको झडपको घटनाबारे अनुसन्धान भइरहेको बताए ।‘के कति कारणले घटना हुन पुग्यो । यसबारे हामीले अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।

 

प्रकाशित मिति: Aug 9, 2023

प्रतिक्रिया दिनुहोस्