Logo
७ आश्विन २०८१, सोमबार
(August 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुटानी शरणार्थी प्रकरण : गृहमन्त्रीद्वारा तथ्य र प्रमाणले भेटेसम्म सबैलाई समात्न निर्देशन

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य प्रमाणले भेटेसम्म सबैलाई समात्न निर्देशन दिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले भने–‘फलाना पनि त्यसमा संलग्न हुनुपर्ने हो, त्यहाँसम्म त पुगेन भन्ने लाग्न सक्छ । तर सरकार र अनुसन्धान संयन्त्रले लागेको आधारमा गर्न मिल्दैन, तथ्य प्रमाणको आधारमा गर्न मिल्छ । त्यसकारण अहिले तथ्य प्रमाणका आधारमा प्रहरीले काम गरिरहेको छ, तथ्य प्रमाणले जहाँसम्म फेला पार्छ त्यहाँसम्म पुगेर ल्याउने र कारबाही प्रक्रियामा लाने काम भएको छ । यसमा कुनै शंका नगरियोस् ।’

ललिता निवास प्रकरणमा पनि अदालतको आदेशले अनुसन्धानमा सहयोग पुगेको बताउँदै अनुसन्धानको प्रक्रिया जारी रहेको बताएका छन् ।

प्रकाशित मिति: Aug 8, 2023

प्रतिक्रिया दिनुहोस्