Logo
७ आश्विन २०८१, सोमबार
(August 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्मा प्रभावकारी भूमिका निभाउन सांसदहरूलाई प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका छन् ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले यस्तो निर्देशन दिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘दलका नेता समेत रहनुभएका प्रधानमन्त्रीले संघीय संसदमा सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । साथै संसदीय समितिका सभापति चयनका बारेमा समेत बिफिङ गर्नुभयो’,बैठकपछि पाण्डेले प्रचण्डको भनाइ उदृत गर्दै भने, ‘संसद खुलाउन प्रमुख प्रतिपक्ष दलका नेतासहित अन्य दलका नेतासँग छलफल गरेर ठोस निष्कर्ष निकालिन्छ र संसद अवरोध हट्छ भन्ने हामीलाई विश्वास छ । ’

बैठकमा उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकको मुल भाव तथा संघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराएको पाण्डेको भनाइ छ ।

त्यसक्रममा श्रेष्ठले सरकारले तीनवटा विधेयक (संघीय शिक्षा ऐन, निजामति कर्मचारी र प्रहरी सम्बन्धि विधेयक) दर्ता गर्ने तयारीमा रहेको जानकारी समेत गराएका छन् ।

प्रकाशित मिति: Aug 7, 2023

प्रतिक्रिया दिनुहोस्