Logo
७ आश्विन २०८१, सोमबार
(August 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डद्वारा तीन महिने अभियान अन्तरगत सात प्रदेशका ७ वडामा नेताहरुलाई जान आग्रह

तीन महिने अभियान अन्तरगत सात प्रदेशका ७ वडामा नेताहरुलाई प्रचण्डले जान आग्रह गरेका छन् । आफैँ पनिवडासम्म जाने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले अब चलाइने तीन महिने अभियानमा सबै कार्यक्षेत्रमा जानुपर्ने बताए ।

‘गत २ महिना अभियान परिणामको आशा गरेर होइन, पठाइदिउन त भनेर हो’ उनले भने, अब ३ महिना त्यस्तो होइन । म आफैँ ७ प्रदेशको ७ वटा वडामा जान्छु, सबैजाने हो ।’

६ हजार ७४३ वटै वडामा कमिटी बनाउने र नेताहरूको कार्यक्षेत्र हेरफेर गर्ने समेत उनले बताए ।

नेकपा माओवादी केन्द्रले तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्डले आइतबार केन्द्रीय समिति बैठकको समापन गर्दै अभियानका लागि आफूसहितका नेताहरुको जिम्मेवारी तोकिएको र सोहीअनुसार देशभरका वडातहसम्म परिचालित हुने बताए ।

अभियानबाट एउटा पनि जनताको घर नछाड्ने र पार्टीलाई गति दिने प्रचण्डले बताए ।

उनले बैठकसँगै पार्टी एकताबद्ध भएको सन्देश गएको र माओवादीले फेरि देशको नेतृत्व लिने उद्घोष गरे ।

 

प्रकाशित मिति: Aug 6, 2023

प्रतिक्रिया दिनुहोस्