Logo
७ आश्विन २०८१, सोमबार
(August 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकथरी मान्छेहरुले माओवादीलाई होच्याउने काम गरिरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुलाई विभिन्न बहानामा होच्याउने काम भइरहेको बताएका छन् ।

आज (आईतबार) केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले माओवादीलाई सामाजिक सञ्जालमा हत्यारा र अपराधी भनेको भन्दै आपत्ति जनाएका हुन् ।

माओवादीलाई आरोप लगाउने मान्छे कुन वर्गका छन् भन्ने कुरा पहिचान गर्न आवश्यक रहेको उनको भनाई छ । गणतन्त्र कसरी आयो भन्ने तथ्यलाई ढाकछोप गरेर माओवादीमाथि विभिन्न लान्छना लगाउने गरिएको उनको भनाई छ ।

‘हामी सबैलाई अपराधी जसरी सोसल मिडियामा बोल्छन् । यसको पछाडि कुन वर्ग छ, पहिचान गर्न आवश्यक छ । एकथरी मान्छेहरुले लाजै नमानी १७ हजारे आतङ्ककारी भनिरहेका छन्,’– उनले भने ।

प्रकाशित मिति: Aug 6, 2023

प्रतिक्रिया दिनुहोस्