Logo
७ आश्विन २०८१, सोमबार
(August 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ताको फोहोरी खेल छाडेर आन्दोलनमा आउनुहोस् : राजेन्द्र लिङ्देनलाई कमल थापाको आग्रह

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहरी खेलमा नलागी आन्दोलनका लागि सडकमा आउन आग्रह गरेका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले अध्यक्ष लिङ्देनलाई सो आग्रह गरेका हुन् ।

पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शनअनुसार सत्ता केन्द्रित नभई विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने स्पष्ट पारे ।

थापाले भने, ‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाका लागि जनआन्दोलनको विकल्प छैन, राप्रपाले सडकमा आउने हिम्मत गरोस् , हामी सङ्गै आन्दोलनमा जान तयार छौ, नेतृत्व समस्याको विषय हुँदैन ।’

अध्यक्ष थापाले केशरबहादुर विष्ट ,दुर्गा प्रसाईँ , किशोरी महतो लगायत विभिन्न समूहमा रहेका शक्तिहरूलाई पनि एकताबद्ध भएर आन्दोलनको आँधीबेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे । सो अवसरमा तत्कालीन सङ्खुवासभा जिविसका सभापति पदमकेशर कार्की र पर्सा जिविस सभापति शम्भु चौरसियालाई थापाले दोसल्ला ओढाई सम्मान समेत गरेका थिए ।

प्रकाशित मिति: Aug 2, 2023

प्रतिक्रिया दिनुहोस्