Logo
७ आश्विन २०८१, सोमबार
(August 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलमा ९ रुपैयाँ र डिजेलमा ७ रुपैयाँ मूल्य बढ्यो, ग्याँस कतिमा पाईन्छ अब ?

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएर ग्याँसको मूल्य घटाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल ९ रूपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ७ रूपैयाँ बढाइएको हो भने ग्याँसमा प्रति सिलिण्डर १३० रुपैयाँ घटाएको हो।

भारतीय आयल निगमले अगस्ट १ मा पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर ८.१४ रूपैयाँ र डिजेलमा ६.८६ रुपैयाँ बढेर आएको थियो । निगमले सोही मूल्यमा मूल्य अभिवृद्धि कर समायोजन गरेर मूल्य बढाएको हो।

त्यस्तै, एलपि ग्यासको मूल्यमा प्रति सिलिन्डर ११७.६२ ले घटेर आएको थियो। निगमले एलपी ग्यासमा साविकको खुद्रा बिक्री मूल्यमा प्रतिसिलिन्डर १३० रूपैयाँले घटाएर १६६० रुपैयाँ कायम गरेको हो ।

हवाई इन्धनको साविकको बिक्री मूल्यमा कुनै परिवर्तन गरिएको छैन । निगमले १५ दिन अगाडिबाट मात्रै पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गरेको हो ।

प्रकाशित मिति: Aug 2, 2023

प्रतिक्रिया दिनुहोस्