Logo
७ आश्विन २०८१, सोमबार
(August 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा बढ्यो कच्चा पेट्रोलियम पदार्थमा लाग्ने कर

भारतमा कच्चा पेट्रोलियम पदार्थ (पेट्रोलियम क्रुड)मा लाग्ने कर बढेको छ। भारत सरकारले अप्रत्याशित र औसतभन्दा माथिको नाफा भएमा विशेष उद्योगहरूमा लगाइने उच्च कर (विन्डफल ट्याक्स) बढाएको हो ।

फलस्वरुप यसको मूल्य भारतीय रुपैयाँ १६ सयबाट बढेर ४ हजार २५० रुपैयाँ प्रतिटन पुगेको छ।

भारत सरकारले कर बढाएसँगै भारतबाट निर्यात हुने डिजेलमा पनि कर लाग्ने व्यवस्था गरिएको छ। यसअघि निर्यातमा लाग्ने शुल्क शून्य रहेको डिजेलमा अब प्रतिलिटर एक भारु लाग्ने भएको हो।

रोयटर्सकाअनुसार यो कर अगस्ट १ गतेदेखि लागु हुनेछ। पेट्रोल र हवाई इन्धनको निर्यातमा भने कुनै पनि शुल्क बढाइएको छैन ।
नेपालले भारतीय आयल कर्पोरेसनसँग पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । भारतले कर बढाएसँगै त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।

 

प्रकाशित मिति: Aug 1, 2023

प्रतिक्रिया दिनुहोस्