Logo
१६ कार्तिक २०८१, शुक्रबार
(August 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दार्जिलिङमा ग्रिनेड आक्रमण गरेको आरोपमा गुरुङविरुद्ध मुद्दा दर्ता

पश्चिम बंगाल प्रहरीले गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङसहित अन्य चार जनाविरुद्ध ग्रिनेड आक्रमण गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । शनिबार राती कालेबुङस्थित एक प्रहरी चौकीमा ग्रिनेड आक्रमण हुँदा एक जनाको ज्यान गएको थियो ।

राती पौने ११ बजेतिर ग्रिनेड विस्फोट भएको थियो। घटनामा अर्का एक जना घाइते भएका छन् । यसअघि शुक्रबार मध्यराती दार्जिलिङको चोकबजारस्थित एक सुपरमार्केटमा बम विस्फोट भएको थियो। उक्त विस्फोटमा पनि गोजमुमो अध्यक्ष विमल गुरुङलाई आरोपित गर्दै प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

गोजमुमो अध्यक्ष गुरुङले भने घटनामा विस्फोटनमा आफ्नो संलग्नता अस्वीकार गर्दै उच्चस्तरी छानबीन समिति बन्नुपर्ने माग गरेका छन् । उनले राष्ट्रिय अनुसन्धान संस्थाको संलग्नता तथा सर्वोच्च अदालतको निगरानीमा एक छानबीन समिति निर्माण गर्न गृहमन्त्री राजनाथ सिंहसँग आग्रह गरेका छन् ।

उनले अनुसन्धान नै सुरु नभइ एफआइआर दर्ता भएको भन्दै आन्दोलनलाई बद्नाम गराउने नियतले सरकारले नै विस्फोट गराएको हुनसक्ने बताएका छन् । अलग राज्य गोर्खाल्याण्डको माग राख्दै दार्जिलिङ लामो समयदेखि बन्द छ। गोर्खाल्याण्ड माग राख्ने कतिपय नेताहरुलाई पश्चिम बंगाल सरकारले अनेकौँ मुद्दा लगाएको छ भन्दै एबिपि न्यूजले जनाएको छ ।

प्रकाशित मिति: Aug 20, 2017

प्रतिक्रिया दिनुहोस्