Logo
७ आश्विन २०८१, सोमबार
(July 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न लेखा समितिकाे ध्यानाकर्षण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय मार्फत क्वीन्टल बढी तस्करीको सुन भित्रिएको विषयमा निष्पक्ष छानबिनका लागि संसद्को सार्वजनिक लेखा समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार बसेको समितिको बैठकमा विभिन्न दलका सांसदहरूले सुन तस्करीको विषयमा छानबिन समिति बनाउन माग गरेपछि समिति सभापति रहेका जेष्ठ सदस्य अर्जुन नर्सिङ केसीले छानबिन समिति गठनका लागि ध्यानाकर्षण गराउने बताए ।

बैठकमा एमाले सांसद योगेश भट्टराईले समितिमा सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको विषय उठाएपछि अधिकांश सांसदहरूले सहमति जनाउँदै छानबिन समिति बनाउन माग गरेका थिए ।

यस्तै तराई क्षेत्रमा खानेपानी अभाव रहेको, पानीको अभावका कारण रोपाई गर्न समस्या भएकोले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: Jul 30, 2023

प्रतिक्रिया दिनुहोस्