Logo
७ आश्विन २०८१, सोमबार
(July 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कार आरोपमा मध्य पहाडी लोकमार्गका निर्देशक हरिकुमार पोखरेल पक्राउ

मध्य पहाडी लोकमार्ग आयोजनाको आयोजना निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ ।

इन्जिनियर हरि कुमार पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले रातोपाटीलाई बताए ।

घरमा काम गर्ने किशोरीलाई पोखरेलले बलात्कार गरेको आरोप छ ।

किशोरीले कालीमाटी स्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिएन ।

त्रिुपरेश्वर स्थित ब्लुक्रस अस्पतालबाट पक्राउ गरेर इन्जिनियर पोखरेलमाथि अनुसन्धान शुरु गरिएको डिएसपी अधिकारीले बताए ।

उनी संलग्न बलात्कार घटनाबारे सामाजिक सञ्जालमा पनि प्रश्न उठेको थियो ।

प्रकाशित मिति: Jul 28, 2023

प्रतिक्रिया दिनुहोस्