Logo
३ कार्तिक २०८१, शनिबार
(August 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२१ राज्यमन्त्री थपिँदै : कांग्रेस र फोरमले नाम टुङ्गो लगाउन बाँकी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलमा थप २१ राज्यमन्त्री थप गर्ने भएका छन् । यससँगै ४८ सदस्यीय जम्बो मन्त्रिपरिषद् बन्ने भएको छ ।

थप हुने मन्त्रिमण्डलमा कांग्रेसबाट १०, माओवादीबाट ८ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्यमन्त्री थपिदै छ ।

माओवादी केन्द्रले राज्यमन्त्रीको नाम टुङ्गो लगाइसकेकोले उनीहरुको आजै सपथ हुने छ भने, कांग्रेस र फोरमबाट थप भएका राज्यमन्त्रीलाई प्रधानमन्त्री देउवाको भारत भ्रमण अगावै सपथ ग्रहण गराउने कार्यक्रम छ ।

प्रकाशित मिति: Aug 20, 2017

प्रतिक्रिया दिनुहोस्