Logo
७ आश्विन २०८१, सोमबार
(July 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रेजरीमार्फत १२ अर्ब ६० करोड आन्तरिक ऋण उठाउँदै सरकार

सरकारले आगामी साउन ९ गते १२ अर्ब ६० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । २८ दिने र ९१ दिने ट्रेजरी बिलमार्फत केन्द्रीय बैंकले उक्त परिणाम बराबरको आन्तरिक ऋण उठाउने भएको हो ।

यद्यपि, उक्त ट्रेजरी फ्रेस (नयाँ) भएर पुरानै ट्रेजरी बिलको नवीकरण गरिने केन्द्रीय बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिने ट्रेजरीमा ४ अर्ब रुपैयाँ र ९१ दिने ट्रेजरीमा ८ अर्ब ६० करोड रुपैयाँ नवीकरण हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले साउन ८ गते सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । सोमबार नै बोलकबोल हुने ट्रेजरीको नवीकरण साउन ९ गते हुनेछ ।

यसअघि केन्द्रीय बैंकले २८ दिने र ९१ दिने ट्रेजरी गरी कूल १७ अर्ब ७० करोड रुपैयाँ उठाएको थियो ।

प्रकाशित मिति: Jul 23, 2023

प्रतिक्रिया दिनुहोस्