Logo
१२ मंसिर २०८१, बुधबार
(July 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालालाई वरिष्ठ नेताको पदमा राख्न माग भएको छ । तेस्रो दिन आज जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य डा.मोहनचन्द्र यादवले कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् ।

‘पार्टीमा वरिष्ठ नेताको पद राखिएको छ । हाम्रा श्रदेय नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यो केही दिनदेखि रिक्त छ,’ उनले भने ।

कांग्रेसको परम्परा अनुसार नेतृत्वको मुख्य प्रतिस्पर्धीलाई वरिष्ठ नेताको पद दिने गरिएको उनले बताए । ‘हामीले परम्परा अनुसार डा.शेखर कोइरालालाई वरिष्ठ नेताको पदमा राख्यौं भने पार्टीलाई बल पुग्छ । समन्वय, समझदारी र सहकार्यको अवस्था हुन्छ कि जस्तो मलाई लाग्छ ,’ यादवले भने ।

प्रकाशित मिति: Jul 20, 2023

प्रतिक्रिया दिनुहोस्