Logo
७ आश्विन २०८१, सोमबार
(July 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साँगामा काठमाडौँबाट धुलिखेल जाँदै गरेको बस दुर्घटना

भक्तपुर र काभ्रेपलाञ्चाको सीमा साँगामा बस दुर्घटना भएको छ । काठमाडौँबाट धुलिखेल जाँदै गरेको काभ्रे काठमाडौँ यातायातको बा ३ ख ९३९६ नम्बरको नगर बस साँगामा दुर्घटना भएको हाे ।

दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । साँगा पुलमुनी भीरबाट बस खसेको प्रहरी वृत जगातीका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घाइते यात्रुको भक्तपुरको नयाँठिमीस्थित मध्यपुर अस्पतालमा भर्ना गरिएको श्रेष्ठले बताए । घटनाबारे थप विवरण आउन बाँकी ।

प्रकाशित मिति: Jul 19, 2023

प्रतिक्रिया दिनुहोस्