Logo
७ आश्विन २०८१, सोमबार
(July 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिनामंगलमा सुन पसल अगाडि शङ्कास्पद वस्तु राखेको आरोपमा एक जना पक्राउ

काठमाडौँको सिनामंगलमा शङ्कास्पद वस्तु भेटिएको छ । सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु राखेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीले सिसिटिभी फुटेजका आधारमा रौतहटका २८ वर्षीय खजन्ती पासवानलाई पक्राउ गरिएको एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । यद्यपि शङ्कास्पद बस्तुमा बम भने नरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा नेपाल क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो ।

प्रकाशित मिति: Jul 19, 2023

प्रतिक्रिया दिनुहोस्