Logo
७ आश्विन २०८१, सोमबार
(July 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धन दलको विश्वास गुम्ने कुनै गतिविधि नगर्न कांग्रेस पंक्तिलाई खड्काको आग्रह

सरकारका कांग्रेसको नेतृत्व गरिरहेका उपप्रधान मन्त्री तथा कांग्रेस उपसभापति पुर्णवहादुर खड्काले गठबन्धनका दलहरुलाई चित्त दुख्ने र भड्किने खालका कुनै पनि गतिविधि नगर्न केन्द्रीय समितिमा आग्रह गरेका छन् ।

मंगलबार सुरु भएको केन्द्रीय कार्य समिति बैठकमा सरकारका काम कारवाहीको बारेमा प्रतिवेदन पेश गर्दै उपप्रधानमन्त्री खड्काले निकै मेहनत गरेर गुमि सकेको सत्तामा कांग्रेसलाई फर्काइएको स्मरण गराए ।

कांग्रेस सबै तहमा गठबन्धनको ठूलो दल भएकाले कांग्रेसको भूमिकाले अन्य दललाई विश्वासमा लिएर जाने वातावरण बनाउने र प्रतिपक्षलाई समेत साथमा लिएर जाने दायित्व कांग्रेसको रहेको बताए ।

खड्काले भने– प्रतिकुल अवस्थामा हामीले हाम्रो सभापतिको नेतृत्वमा एक झड्कामा भत्किएर निराशा भएको मतदाता,पार्टी पंक्तिलाई २ महिना ठूलो मेहनतका साथ नयाँ विश्वास स्थापित गरे अनि अन्यत्र अविश्वास खडा गरेर हाम्रो नेतृत्वमा जुन परिस्थिति निर्माण भएको छ यसलाई सच्याउने र सुधार्ने कुरामा लागौं । तर मेरो आग्रह छ हाम्रा गतिविधि र बोलीबाट यो राजनीतिक परिस्थिति भत्किने र बिग्रने तहमा पुग्नेगरी जान हुन्न ।

खड्काले कांग्रेसलाई सत्तामा फर्काउन ठूलो मेहनत लागेको भन्दै यसलाई बुझ्न समेत आग्रह गरे । उनले सरकारका कमि कमजोरी र मार्गदर्शनका बारेमा केन्द्रीय समितिले आवश्यक प्रस्ताव पास गर्न सक्ने बताए ।

प्रकाशित मिति: Jul 18, 2023

प्रतिक्रिया दिनुहोस्