Logo
७ आश्विन २०८१, सोमबार
(July 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चालु आर्थिक वर्षको अन्तिम दिन, यस्तो छ खर्च र आम्दानीको एक वर्षको अवस्था

चालु अर्थिक वर्ष आज असार ३१ गते अन्तिम दिन हो। आज आर्थिक वर्षको अन्तिम दिन भएसँगै सरकारि खाताबाट रकमान्तर हिजोसम्म मात्रै भएको छ। हिजो शनिवार मात्रै ९ अर्ब १८ करोड ७१ लाख रुपैयाँ बराबर पैसा सरकारी खाताबाट रकमान्तर भएको छ। जुन पुजीँगत खर्च अन्तर्गतको मात्रै हो।

चालु आर्थिक वर्षभरमा सरकारको बजेट खर्च १४ खर्ब २८ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ पुगेको छ । जुन लक्ष्य बजेट रकम १७ खर्ब ९३ अर्बको ७९.६६ प्रतिशत हो।

जसमध्ये १० खर्ब ६ अर्ब ८० करोड चालु खर्च, २ खर्ब ३२ अर्ब ६८ करोड २९ लाख मात्रै खर्च भएको छ भने वित्त व्यवस्थापन तर्फ १ खर्ब ८९ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले केन्द्र सरकारलाई अत्यावश्यक भूक्तानी रकमान्तरको समय आर्थिक वर्ष सकिनु अघिल्लो दिनसम्म मात्रै रहने व्यवस्थ गरेको छ। अर्थात आर्थिक वर्षको अन्तिम दिन कुनै पनि प्रकारका भूक्तानी गर्न पाइँदैन । ‘हिसाब मिलान गर्ने तथा खर्च लेखि राजस्व खातामा रकम जम्मा गर्ने प्रयोजनबाहेक आर्थिक वर्षको अन्तिम दिन भूक्तानी निकास दिइने छैन’ नियमावलीको नियम ३० मा भनिएको छ । यस प्रावधान अनुसार आज असार ३१ गते कुनै पनि भूक्तानी नहुने भएको हो ।

सोही नियमावलीअनुसार प्रदेश र स्थानीय तहको खाता असार २४ गतेदेखि नै रोकिएको छ।

सरकारको आम्दानी ६८ प्रतिशत मात्रै

चालु आर्थिक वर्ष सकिन एक दिन मात्रै बाँकी रहँदा आम्दानी मात्रै लक्ष्यको ६८ प्रतिशत भएको छ। अर्थात, राजश्व, अनुदान र अन्य स्रोतबाट हुने सरकारको बजेट आम्दानीको लक्ष्य १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रहेकोमा मात्रै ९ खर्ब ९५ अर्ब ६० करोड ५ अर्ब प्राप्त भएको छ। आज पनि राजश्व संकलन कार्य चलिरहेको छ।

प्रकाशित मिति: Jul 16, 2023

प्रतिक्रिया दिनुहोस्