Logo
३ कार्तिक २०८१, शनिबार
(August 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैनिक ७० रुपैयाँका दरले बाढीपिडतलाई एकमुष्ट रकम

फाइल तस्विर : गृहमन्त्री , जनार्दन शर्मा

काठमाडौं : सरकारले बाढि प्रभावितहरुलाई दैनिक ७० रुपैयाँका दरले एक महिनाका लागि एकमुष्ट रकम दिने भएको छ । शुक्रवार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री शर्माले प्रभावित परिवारलाई नगद उपलब्ध गराउनका लागी सरकारले १ अर्ब निकासा गरेको जानकारी दिदै सो रकम प्रभावितहरुलाईप्रदान गर्ने बताए ।

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बाढी प्रभावित जिल्लाका स्थानीयहरुलाई प्रतिब्यक्ति दैनिक ७० रुपैयाँका दरले एक महिनाका लागी एकमुष्ट नगद उपलब्ध गराउने जानकारी दिएका हुन् । ‘यसरी नगद उपलब्ध गराउँदा कुहिएको चामल बाँड्ने समस्या हुँदैन’ मन्त्री शर्माले भने, ‘प्रतिब्यक्ति रु. ७० को दरले नगद दिँदा सामान्य दाल भातको समस्या हल हुने आँकलन गरेका छौं ।’

प्रभावित परिवारलाई नगदै दिएमा उनिहरुले इच्छाअनुसारको खाद्यान्न किनेर उपभोग गर्न सक्ने उल्लेख गर्दै मन्त्रि शर्माले भने, ‘प्रभावित जिल्लाका कत्तिपय स्थानमा पसलको समस्या भए खाद्य संस्थानमार्फत खाद्यान्न खरिद गर्ने ब्यवस्था पनि मिलाउँछौं ।’

उनले अन्य बेपत्ताहरुको खोजी कार्य जारी रहेको भन्दै विपद्को समयमा सहयोग गर्न चाहने विदेशी दातृ निकाय वा ब्यक्तिहरुलाई ‘प्रधानमन्त्री राहत उद्धार कोष’ मार्फत सहयोग गर्न आग्रह गरे । बाढीका कारण ३० जिल्ला प्रभावित भएको र १३५ जनाको मृत्यु तथा ३५ जना अझै बेपत्ता भएको जानकारी दिँदै मन्त्रि शर्माले रौतहटमा हराएका भनिएका ५ जना घर फर्किएको बताए ।

प्रकाशित मिति: Aug 18, 2017

प्रतिक्रिया दिनुहोस्