Logo
८ आश्विन २०८१, मंगलबार
(July 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शोधनान्तर स्थिति २२९ अर्बले बचतमा, एक महिनामा थपियो १४ अर्ब ३१ करोड

नेपालबाट मुलुक बाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा शोधनान्तर स्थिति २ अर्ब २९ करोड रुपैयाँले बचतमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थितिको बचत एक महिनाको अवधिमै १४ अर्ब ३१ करोडले थप भएको छ । वैशाखसम्म २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थिति जेठ मसान्तसम्म पुग्दा २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शोधनान्तर स्थिति २ अर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ७४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आवको यसै अवधिमा शोधनान्तर स्थिति अमरिकी डलरमा २ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

जेठसम्म चालु खाता घाटा ६९ अर्ब ४० करोड रहेको छ । अघिल्लो आवको यसै अवधिमा चालु खाता घाटा ५ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

यस वर्ष अमेरिकी डलरमा चालु खाता घाटा ५३ करोड ६१ लाख रहेको छ । अघिल्लो आवको यसै अवधिमा अमेरिकी डलरमा चालु खाता घाटा ४ अर्ब ९३ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पूँजीगत ट्रान्सफर अहिले ७ अर्ब ३५ करोड रुपैयाँ भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २२.५ प्रतिशत कम हो । खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रुपैयाँ बराबरको आएको थियो ।

प्रकाशित मिति: Jul 10, 2023

प्रतिक्रिया दिनुहोस्