Logo
९ मंसिर २०८१, आईतबार
(July 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हर्क साम्पाङलाई भेटेर धमलाकी पत्नी एलिजाले गरिन् राजनीतिबाट विश्राम लिएको घोषणा

नागरिक उन्मुक्ति पार्टीबाट राजनीतिमा आएकी मोडेल समेत रहेकी संचारकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतमले संक्रिय राजनीति बाट बिदा लिएको बताएकी छिन्।

कोशी प्रदेश स्थित धरान पुगेर उनले आफू समाजसेवामा नै सक्रिय रहने र राजनीतिबाट विश्राम लिएको जानकारी दिएकी हुन्। उनले धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित रहेको पनि एक स्टाटसमार्फत उल्लेख गरेकी छिन्।

‘उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ। उहाँप्रति सधैं उच्च सम्मान छ। देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ। आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ। म निकै खुशी छु। सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ।

श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु। यहाँहरूले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु’, साम्पाङको प्रशंसा गर्दै गौतमले लेखेकी छिन्, ‘दलको सक्रिय राजनीति गर्नेहरूलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु। यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ। मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन्। अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु।‘

गौतम २०७९ माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्।

प्रकाशित मिति: Jul 6, 2023

प्रतिक्रिया दिनुहोस्