Logo
८ आश्विन २०८१, मंगलबार
(July 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै माओवादीहरु एउटै केन्द्रमा आउँदै छन् : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सम्बद्ध सबै पार्टी एउटै केन्द्रमा आउन लागेको बताएका छन् । बुधवार स्ववियू काउन्सिलको तेस्रो भेलालाई कीर्तिपुरमा उद्घाटन गर्दै प्रचण्डले सबै माओवादीहरु एउटै केन्द्र र एउटै संगठनमा आउन लागेको बताएका हुन् । ‘ हेर्र्दै जानुहोला केही समयभित्र सबै माओवादीहरु एउटै केन्द्रमा आउने छन् । सबै संगठनहरु एउटै केन्द्रमा बन्ने छन्’ प्रचण्डले भने, ‘हामी पहिलाभन्दा अझ परिपक्क भएर एकता र धुर्वीकरण हुनेछौं ।’ हिजो प्रतिक्रियावादीहरुको घेरा हाल्ने, भ्रम छर्ने र सखाप गर्ने रणनीतिबाट आफुहरुले सिकेको पनि प्रचण्डले बताए ।

‘हिजो प्रतिक्रियावादीहरुले घेरा हाल्ने, भ्रम छर्ने र सखाप पार्ने हुन्थ्यो । हाम्रा सिङ, दाह्रा छन् । उनीहरु अपराधी हुन् भनेर यति धेरै गरिन्थ्यो । हामीलाई सखाप पार्ने अभियान थियो’ प्रचण्डले भने, ‘हामी घेरा तोड्ने, भ्रम छर्नेहरुको प्रतिवाद गर्ने र प्रतिरोध गर्ने हुन्थ्यो । त्यो रणनीतिले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्यायो । अहिले पनि सामान्त, जाली फटाहहरुको त्यहीँ नीति छ ।’ माओवादीविरुद्ध षड्यन्त्र गर्नेलाई शान्तिपूर्ण रुपमा घेरा तोड्ने, भ्रम चिर्ने र प्रतिवाद गर्नुपर्ने प्रचण्डले बताए । प्रतिक्रियावादी र माओवादीबीच चलेको यो द्वन्द्व वर्ग संघर्ष भएको प्रचण्डले दाबी गरे ।

प्रकाशित मिति: Jul 5, 2023

प्रतिक्रिया दिनुहोस्