Logo
८ आश्विन २०८१, मंगलबार
(July 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले अवैध सम्पत्ति नियन्त्रण गर्न हेलचक्र्याइँ गरेको छैन : कानुनमन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्र्याइँ नगरेको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

मन्त्री गुरुङले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो–सानो, दायाँ, बायाँ केही पनि नहेर्ने समेत स्पष्ट पारे । उनले सरकार पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा पछि नपर्ने पनि बताए ।

मन्त्री गुरुङले भने, ‘कालोधन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्नुपर्ने कुरामा दुई मत रहेन । यसको हेलचक्र्याइँ भइरहेको सन्दर्भ उठेको छ । पटक्कै हेलचक्र्याइँ गर्न खोजिएको छैन । माथि होस कि तल । दायाँ होस कि बायाँ कोही पनि पीडकलाई छोड्नु हुन्न । यदि हामी न्यायको पक्षमा उभिन्छौँ भने, यदि हामी पीडितको पक्षमा उभिन्छौँ भने माथिलाई छोड्ने, तललाई समात्ने हुँदै होइन । सरकार अहिले त्यही बाटोमा अघि बढिराखेको छ । ठूलो, सानो हामी हेर्दैनौं । अनुहार पनि हेर्दैनौं । राजनीतिक पार्टी पनि हेर्दैनौं ।’

मन्त्री गुरुङले वित्तीय अनुशासन उलंघन गर्नेहरुलाई सरकारले नछोड्ने पनि दोहो¥याए ।

प्रकाशित मिति: Jul 2, 2023

प्रतिक्रिया दिनुहोस्