Logo
८ आश्विन २०८१, मंगलबार
(July 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक क्रान्ति सकियो, जनताको जीवनमा आमुल परिवर्तन गर्न बाँकी छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्न बाँकी रहेको बताएका छन्। नारायण विलास जोशी स्मृतिको ३४ औं स्मृति दिवसको अवसरमा आइतबार बिहान भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक क्रान्तिको काम सम्पन्न गरेपनि जनताको जीवनमा परिवर्तन गर्न बाँकी रहेको बताएका हुन्।

उनले भने, ‘राजनीतिक क्रान्तिको काम सम्पन्न गर्‌यौं। अब अर्को महत्त्वपूर्ण काम गर्न बाँकी छ, जनताको जीवनमा आमुल परिवर्तन गर्ने, जनताको जीवन सुखी बनाउने, जनताको जीवनलाई समृद्ध बनाउने काम बाँकी छ। जनतालाई समानता र अवसर दिनुपर्छ।’

नेपालले यो सबै काम कम्युनिष्ट पार्टीको सरकारले गर्नुपर्ने बताए। उनले भने, ‘सरकारको नेतृत्व गरिरहनु भएका प्रचण्डले समाजवादी यात्रामा देशलाई कसरी अगाडि बढाउने त्यसतर्फ अगाडि बढिरहनु भएछ, पहल गरिरहनुभएको छ।’

प्रकाशित मिति: Jul 2, 2023

प्रतिक्रिया दिनुहोस्