Logo
८ आश्विन २०८१, मंगलबार
(July 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेका छौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेको बताएका छन् ।

आइतबार बिहान नारायण विलास जोशी स्मृतिको ३४ औं स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले फेरि कम्युनिष्ट पार्टी एकताको दिशामा अगाडि बढ्ने उद्घोष गरे ।

उनले भने, ‘अहिले क। माधव कुमार नेपाल, म लगायत,क । विप्लव र क। उपेन्द्र यादव समेतले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौं । ‘

प्रचण्डले झण्डै २ तिहाई भएको नेकपा एकचोटी असफल भयो भन्दैमा पछाडि हट्न नहुने भएकाले कम्युनिष्ट एकतामा जुट्नुपर्ने धारणा राखे। उनले के कारणले कम्युनिष्ट विभाजन भए गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

प्रचण्डले समाजवादी मोर्चाबाट वामपन्थीलाई एकता गर्ने भनेपनि मोर्चामा कम्युनिष्ट र गैरकम्युनिष्ट रहेका छन् । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा रहेको छ । मोर्चामा आएका चार पार्टीका फरक–फरक सिद्धान्त, विचार, दृष्टिकोण र कार्यक्रमहरू छन् । माओवादी केन्द्र, नेकपा एस र विप्लव तीन कम्युनिस्ट पार्टी हुन् । मधेस केन्द्रित जसपा पनि यो मोर्चामा छ। तर, उसले कम्युनिस्ट सिद्धान्त मान्दैन ।

प्रकाशित मिति: Jul 2, 2023

प्रतिक्रिया दिनुहोस्