Logo
८ आश्विन २०८१, मंगलबार
(June 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसद्को गरिमा बढेको छ : मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसद्को गरिमा बढेको बताएका छन् ।

शुक्रबार संसद् भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला सांसदहरुले दिएका अभिव्यक्ति पुरुषका भन्दा तार्किक र परिष्कृत रहेको बताए ।

मन्त्री गुरुङले महिलाहरुले विषयको गम्भीरतालाइ बुझेर मिहेनतका साथ अभिव्यक्ति दिने गरेको भन्दै प्रशंसा गरे । उनले पुरुष सांसदहरुले बोलेका अभिव्यक्ति पछि हेर्दा पश्चाताप लाग्ने खालको रहेको भन्दै अध्ययनसहित आफ्ना धारणा राख्दा संसद्को गरिमा बढ्ने बताए ।

मन्त्री गुरुङले संसदमा बोल्दै गदौ विषयान्तर बढी हुने प्रवृत्ति पनि बढिरहेको बताए । उनले आफू संसमा तेस्रो पटक आएपनि आफू संसद्को विद्यार्थी रहेको बताए ।

प्रकाशित मिति: Jun 30, 2023

प्रतिक्रिया दिनुहोस्