Logo
१२ मंसिर २०८१, बुधबार
(August 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाभुकम्प केन्द्रित ‘नीरफुल’ मा दयाहाङ र रेखा

०७२ मा गएको महाभुकम्पले छिन्न भिन्न पारेको एउटा परिवारको कथामा चलचित्र ‘नीरफुल’ निर्माण थालिएको छ । राजधानीमा बिहिबार आयोजित एक कार्यक्रममा चलचित्रको बिभिन्न पक्षबारे जानकारी दिइयो । साहित्यकार तथा पत्रकार फुलमान वलको निर्देशनमा चलचित्र निर्माण हुन लागेको हो ।

कार्यक्रममा निर्देशक वलले भुकम्पले छिन्न भिन्न एक परिवारका सदस्यले मिलनका लागि गर्ने संघर्ष आफुले चलचित्रको कथामा उठाएको बताए । भुकम्पको समयमा पत्रपत्रिका छापिएका बिभिन्न दर्दनाक समाचार र घटना कथाले आफुलाई यो बिषयमा चलचित्र निर्माणका लागि प्रेरित गरेको वलले सुनाए ।

दयाहाङ राई, शान्ति वाइवा, जिम्मे छयोइकी घिसिङ, बुद्धी तामाङ लगायत कलाकारको अभिनय रहने चलचित्रमा अभिनेत्री रेखा थापाको बिषेश भुमिका पनि रहनेछ । अभिनेत्री रेखा थापाले कथा मन परेकोले बिषेश भुमिकाको रुपमा ‘नीरफुल’ चलचित्रसँग आफु जोडिएको सुनाइन् ।

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्