Logo
८ आश्विन २०८१, मंगलबार
(June 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा सदस्यहरुलाई सरकारले उपेक्षा गर्‍यो : उपाध्यक्ष अर्याल

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई सरकारले उपेक्षा गरेको बताएकी छन् ।

मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रतिनिधि सभाका सांसदहरुलाई सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५ करोड दिने निर्णय बजेटबाट गरेको भएपनि राष्ट्रियसभा सदस्यहरुलाई भने कुनै कार्यक्रम नल्याएर विभेद गरेको बताइन् ।

उपाध्यक्ष अर्यालले राष्ट्रियसभा सदस्यहरु प्रदेश र स्थानीय तहसम्मै जोडिने भएकाले राष्ट्रियसभा सदस्यलाई पनि कुनै कार्यक्रम ल्याएर संलग्न गराउनुपर्ने बताइन् । उनले विभेदपूर्ण कामलाई संसदीय समिति बसेर छलफल गरी निष्कर्षमा पु¥याउनुपर्ने बताइन् ।

उपाध्यक्ष अर्यालले राष्ट्रिय सभा सधैँ ओझेलमा पर्नुपर्ने वातावरणको अन्त्य हुन आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति: Jun 27, 2023

प्रतिक्रिया दिनुहोस्