काकाबाट ब्लातकृत १० वर्षीया पीडित बनिन् आमा
भारतको चण्डिगढमा १० वर्षकी बलात्कार पीडित आमा बनेकी छन् । चण्डिगढको सरकारी अस्पतालमा बिहीबार विहान उनले छोरी जन्माएकी हुन् । आमा र बच्चा दुबै स्वस्थ्य रहेको अस्पतालका एक अधिकारीले बताएका छन् ।
बीबीसी हिन्दीमा उल्लेख उक्त समाचार अनुसार यसअघि पीडित बालिकाको परिवारले गर्भपतनका लागि सुपि्रम कोर्टमा आवेदन दिएका थिए तर, अदालतले मानेन ।
मेडिकल बोर्डको रिपोर्टमा गर्भपनतले बलात्कृत बालिका र उनको गर्भमा हुर्किँदै गरेको शिशु दुबैका लागि ठीक नहुने भनेपछि सर्वोच्चले यो निर्णय लिएको थियो । १० वर्षीया बच्चीलाई उनको काकाले बलात्कार गरेको आरोप छ ।