Logo
८ आश्विन २०८१, मंगलबार
(June 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालेनको निर्णयमा अदालतको ब्रेक, हिन्दी फिल्म प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले रातोपाटीलाई जानकारी दिए ।

चलचित्र संघले बुधबार बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो । फिल्म ‘आदिपुरुष’ लाई देखाएर सबै हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउनु आपत्तिजनक भएको संघको भनाइ छ । आफूहरू व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै अदालतमा पुगेको र अदालतले आज आदेश जारी गरेको उनको भनाइ छ ।

यसैबीच काठमाडौँ महानगरपालिकाका मेयर शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने प्रतिक्रिया दिएका छन् । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’, बिहीबार शाहले आफ्नो फेसबुकमा लेखेका छन् ।

फिल्म आदिपुरुषका लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरुको नियत प्रष्ट हुने शाहको भनाइ छ ।

‘फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ’, उनले भनेका छन् । यसको लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै बालेनले भनेका छन्, ‘फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

प्रकाशित मिति: Jun 22, 2023

प्रतिक्रिया दिनुहोस्