Logo
८ आश्विन २०८१, मंगलबार
(June 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वर्णिम वाग्लेपछि अनिल केशरी शाहलाई रास्वपाले पार्टीमा भित्र्यायो

पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश गरेका छन् । वैकल्पिक राजनीतिको पक्षमा लामो समयदेखि बहस गर्दै आएका उनी अन्ततः रास्वपाको पहिलो बार्षिकोत्सवको दिन नै पारेर पार्टी प्रवेश गरेका हुन् ।

रास्वपाले चर्चित अनुहारहरुलाई पार्टीमा भित्र्याउने अभियानकै रुपमा चलाउँदै आएको छ । जसअनुसार रास्वपाले चुनावअघि स्वर्णिम वाग्लेलाई पार्टीमा भित्र्याएको थियो । रास्वपाकै टिकटबाट स्वर्णिम सांसद समेत उपनिर्वाचनबाट निर्वाचित भएका थिए ।

गत असार ७ गते रास्वपा रवि लामिछानेका नेतृत्वमा स्थापना भएको थियो । जसको आज एक वर्ष पुग्दा रास्वपा चर्चाको केन्द्रमा रहेको छ । रास्वपाले वार्षिकोत्सवको अवसरमा चियापानको कार्यक्रम आयोजना गरेको छ।

प्रकाशित मिति: Jun 22, 2023

प्रतिक्रिया दिनुहोस्